काठमाडौं । नेकपा (एमाले) को सचिवालय बैठक आइतबार बिहान ११ बजे बस्ने भएको छ। अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या आएपछि शनिबारको लागि तय बैठक स्थगित गरिएको थियो। बैठकमा भदौ २३ र २४ गतेको आन्दोलन, पार्टी पुनर्गठन, र संसद पुनःस्थापनालगायतका विषयमा छलफल हुनेछ।
शुक्रबारको बैठकमा अध्यक्ष ओलीले संसद पुनःस्थापनाको प्रस्ताव राखेका थिए। वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसहित उपाध्यक्षहरू सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्यलगायत नेताहरूले धारणा राख्दा अधिकांशले पार्टी पुनर्गठनको पक्षमा मत दिएका छन्। उपाध्यक्ष त्रयले ओलीलाई मार्ग प्रशस्त गर्न सुझाव दिएका छन्।
संसद पुनःस्थापनाको प्रस्तावलाई शंकर पोखरेल, रामबहादुर थापा बादल र प्रदीप ज्ञवालीले समर्थन गरेका छन् भने अन्य केही नेताहरूले मध्यमार्गी धारणा प्रस्तुत गरेका छन्। आजको बैठकमा उपमहासचिव पृथ्वीसुब्बा गुरूङ, विष्णु रिमालसहित सचिवहरूले धारणा राख्ने कार्यक्रम रहेको छ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्