प्रेम सम्बन्धका कारण श्रीमतीको हत्या स्वीकार, चार जना विरुद्ध ज्यान मुद्दा

DaksuMedia दाक्सु मिडिया
|
असार १८, २०८३

काठमाडौं, असार १८ – नेपाली सेनाकी जमदार ईश्वरी भुजेलको हत्या प्रकरणमा उनका पति कुमार थापा मगर (नेपाली ब्रो)सहित चार जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा मुद्दा दायर गरिएको छ।

२०७३ जेठ २२ गते नारायणहिटीस्थित सैनिक ब्यान्डमा कार्यरत भुजेलको चक्कु प्रहार गरी हत्या भएको थियो। अनुसन्धानका क्रममा मुख्य अभियुक्त थापा मगरले प्रेम सम्बन्ध र पारिवारिक विवादका कारण हत्या गरेको स्वीकार गरेको प्रहरीको निष्कर्ष छ।

प्रहरीका अनुसार सामाजिक सञ्जाल तथा व्यक्तिगत सम्बन्धका कारण दम्पतीबीच तनाव बढ्दै जाँदा घटना भएको देखिएको छ। हाल घटनासम्बन्धी अन्य प्रतिवादीहरूको संलग्नताबारे पनि अनुसन्धान भइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *