|
२०८३ असार १८
काठमाडौं, असार १८ – सशस्त्र प्रहरीका असई थमन विक हत्या प्रकरणमा उच्च अदालत जनकपुरले नेकपा (एमाले)का नेता तथा पूर्वप्रतिनिधिसभा सदस्य लक्ष्मी महतो (कोइरी)लाई दोषी ठहर गर्दै पाँच वर्ष कैद सजाय सुनाएको छ।
न्यायाधीशद्वय टेकनारायण कुँवर र मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले महोत्तरी जिल्ला अदालतको सफाइ दिने फैसला उल्ट्याउँदै नयाँ निर्णय गरेको हो। यसअघि जिल्ला अदालतले महतोलाई निर्दोष ठहर गरेको थियो।
२०७२ भदौ २५ मा भएको असई विक हत्यासम्बन्धी घटनामा महतोसहित २८ जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा दायर भएको थियो। सोही मुद्दामा अन्य केही अभियुक्तलाई भने यसअघि नै जन्मकैदको सजाय सुनाइएको थियो।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्