|
२०७८ आश्विन १३
अर्घाखाँची । आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
३५ वर्षीया सीता बिकको हत्या गरेको अभियोगमा सन्धिखर्क नगरपालिका – ७ न्युखोला बस्ने उनका श्रीमान् ३० वर्षीय बिष्णु विकलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
आपसमा सामान्य विवाद हुँदा मंगलबार राति विष्णुले सीताको टाउकोमा लाठी प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय अर्घाखाँची र प्रहरी चौकी नरपानीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्