माप्यमा श्रीमानले गरे श्रीमतीको हत्या

DaksuMedia दाक्सु मिडिया
|
२०७८ चैत्र १६

छिमेकीको घरमा घरायसी बिवादको कारण श्रीमतीको श्रीमानले गरे धारीले हतियार प्रयोग गरि हत्या
सोलुखुम्बु जिल्ला माप्य दुधकोशी गाउपालीका वडा न ४ देप्कुमा ३१ वर्षीय मनिला राईलाई श्रीमान अन्दाजी ३७ वर्षे चन्द्र राईले छिमेकी मान बहादुर राईको भान्सा घरमा घरायसी विवादको कारण लगभग साझ ७:२० तिर धारीलो हतियार प्रयोग गरि हत्या गरेका छन ।
मृतक राईको दुबै हात काटेको र देब्रे पट्टीको गालामा समेत काटी मृत अवस्थामा फेला परेको भन्ने स्थानीय काकु चौकी बाट खबर प्राप्त भएअनुसार घटनास्थलमा प्रहरी निरीक्षकको कमान्डमा टोलि खटाई घटनाको आवश्यक अनुसन्धान भैरहेको र घटनामा प्रयोग भएको खुकुरी सहित प्रहार गर्ने चन्द्र राई पक्राउ परिसकेको जिल्ला प्रहरी प्रमुख नायव उपरीक्षक सुनिल जंग शाहले जानकारी दीए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *