श्रीमती हत्या प्रकरण: ‘नेपाली ब्रो’सहित चार पक्राउ, अनुसन्धान जारी

DaksuMedia दाक्सु मिडिया
|
२०८३ जेष्ठ २४

काठमाडौं, जेठ २२ राति तारकेश्वर–६ पैंयुटारमा भएको घरेलु विवाद हिंसात्मक बनेपछि ३८ वर्षीय कुमार थापा मगर (उपनाम ‘नेपाली ब्रो’) ले आफ्नै श्रीमती ईश्वरी भुजेलमाथि चक्कु प्रहार गरेका छन्। गम्भीर घाइते भएकी उनलाई तत्काल अस्पताल लगिए पनि उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनापछि सोही रात प्रहरी टोलीले मुख्य आरोपी थापा मगरलाई नियन्त्रणमा लिएको थियो। अनुसन्धानका क्रममा घटनासँग जोडिएको आशंकामा थप तीन जना—विक्रम थापा मगर, पुजन थापा क्षेत्री र प्रतिक्षा आचार्य—लाई पनि पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।

प्रहरीका अनुसार चारै जनामाथि कर्तव्य ज्यान मुद्दामा ५ दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *