भारततर्फ चिया निकासीमा देखिएको अवरोध हटाउन सरकारी पहल

DaksuMedia दाक्सु मिडिया
|
२०८३ असार ११

काठमाडौं, असार ११ — भारत निर्यात हुने नेपाली चियामा देखिएको समस्या समाधान गर्न सरकारले बहुपक्षीय कार्यदल गठन गरेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको नेतृत्वमा बनेको उक्त कार्यदलमा विभिन्न मन्त्रालय तथा सम्बन्धित निकायका प्रतिनिधिहरू समावेश छन्।

भारतले आयातित चियाको अनिवार्य गुणस्तर परीक्षण र प्रतिवेदन नआउँदासम्म गोदाममा राख्नुपर्ने व्यवस्था लागू गरेपछि नेपाली चिया निर्यात प्रभावित भएको थियो। यसबाट विशेषगरी साना किसान र निर्यातकर्ताहरू मारमा परेका छन्।

सरकारले व्यवसायीहरूको गुनासो सम्बोधन गर्दै निकासी प्रक्रियालाई सहज बनाउन आवश्यक सुझाव र समाधान खोज्न कार्यदल गठन गरेको जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *