|
२०८३ असार ११
म्याग्दी, असार ११ । बेनी–जोमसोम सडकअन्तर्गत महभिर क्षेत्रमा खसेको पहिरोमा पुरिएका एक चालकलाई सुरक्षाकर्मीले जीवितै उद्धार गरेका छन्।
बुधबार साँझ गुडिरहेको सवारीसाधनमाथि पहिरो खस्दा चालक गाडीभित्रै फसेका थिए। घटनापछि सुरक्षाकर्मीको टोलीले उद्धार गरी उपचारका लागि बेनी अस्पताल पठाएको छ।
उद्धार गरिएका चालक तथा सवारीसाधनको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। पहिरोका कारण बेनी–जोमसोम सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।


दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्