सशस्त्र प्रहरीले गर्यो माटोको ढिस्कोले पुरिएका व्यक्तिको जीवितै उद्धार

DaksuMedia दाक्सु मिडिया
|
२०८१ श्रावण ४

काठमाडौँ : सशस्त्र प्रहरीले सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–६ दोर्पूमा माटोको ढिस्कोले पुरिएका व्यक्तिको जिवितै उद्धार गरेको छ।

शुक्रबार दोर्पूमा तारजालीको पर्खाल बनाउने क्रममा सोलुखुम्बुकै माप्य दुधकोशी गाउँपालिका–५का ४२ बर्षीय तेजबहादुर तामाङ माटोको ढिस्कोले पुरिएका थिए।

सशस्त्र प्रहरीको आश्रित गुल्मको टोलीलले उनलाई जिवितै उद्धार गरेको जनाएको छ। उद्धारपछि तामाङलाई उपचारका लागि जिल्ला अस्पताल फाप्लु पठाइएको छ। उनको टाउको र कम्मरको भागमा चोट लागेको छ।यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *