केरलको पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या ४७ पुग्यो, सय जना अझै पुरिएको आशङ्का

DaksuMedia दाक्सु मिडिया
|
२०८१ श्रावण १५

नयाँ दिल्ली : भारतको केरल राज्यको वायनाडमा पहिरोमा पुरिएर मर्नेको सङ्ख्या बढ्दो छ । मध्यराति गएको पहिरो खोतलेर अहिलेसम्म ४७ जनाको शव निकालिएको छ ।

यसमा अझै सय जना फसेको हुन सक्ने बताइएको छ । मृत्यु हुनेमा केही बालबालिका पनि छन् । उद्धार कार्यमा सेनाको साथसाथै जल सेना पनि खटाइएको छ ।

पहिरो मंगलबार बिहान करिब २ बजे खसेको थियो । त्यसपछि ४ः१० मा फेरि अर्को पहिरो पनि गयो । त्यहाँ करिब २–३ पटक पहिरो गएको बताइएको छ । पहिरोका कारण घाइते भएका १६ जनाको भने अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीले पहिरोमा परेर ज्यान गुमाउने मृतकका परिवारलाई प्रधानमन्त्री राहत कोषबाट २ लाख भारु क्षतिपूर्ति दिने घोषणा गरेका छन् । यसबाहेक घाइतेहरूलाई जनही ५० हजार भारु दिने घोषणा गरिएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *