गर्मी छल्न तालतलैयातर्फ बढ्यो पर्यटकको आकर्षण

DaksuMedia दाक्सु मिडिया
|
२०८३ असार ७

सुनसरी । पूर्वी तराईमा बढ्दो गर्मीसँगै इटहरीस्थित तालतलैया आन्तरिक तथा भारतीय पर्यटकको रोजाइको गन्तव्य बन्दै गएको छ।

इटहरी–२ र ३ मा फैलिएको तालतलैया क्षेत्रमा हरियाली वातावरण, बोटिङ, चिडियाखाना तथा मनोरञ्जनका अन्य पूर्वाधारका कारण पछिल्लो समय पर्यटकको चहलपहल उल्लेख्य रूपमा बढेको व्यवस्थापन समितिले जनाएको छ। सामान्य दिनको तुलनामा गर्मी याममा दैनिक आगन्तुकको संख्या धेरै गुणा वृद्धि भएको बताइएको छ।

पर्यटकको आगमन बढेसँगै स्थानीय व्यवसायसमेत चलायमान बनेका छन्। सरकारको सहयोगमा यहाँ पर्यटकमैत्री संरचना विस्तार, चिडियाखाना सुधार तथा अन्य सुविधाको स्तरोन्नति गरिएकाले तालतलैया पूर्वी नेपालको महत्वपूर्ण मनोरञ्जन तथा वनभोज केन्द्रका रूपमा स्थापित हुँदै गएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *