|
२०८३ असार २
मुस्ताङ, असार २ — मुक्तिनाथ क्षेत्रको भ्रमण गर्ने आन्तरिक तथा विदेशी पर्यटकको सङ्ख्या बढ्दै जाँदा मुस्ताङमा फोहोर व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ।
विशेषगरी भारतीय दर्शनार्थीहरूको आगमन उल्लेख्य रूपमा बढेसँगै धार्मिक स्थल, सडक क्षेत्र र आसपासका स्थानमा फोहोरको मात्रा पनि बढेको स्थानीय निकायले जनाएको छ। जथाभावी फोहोर फाल्ने प्रवृत्तिका कारण वातावरणीय स्वच्छता र सौन्दर्य जोगाउन कठिनाइ भइरहेको छ।
स्थानीय तह र सरोकारवाला निकायहरूले पर्यटकलाई जिम्मेवार व्यवहार अपनाउन आग्रह गर्दै फोहोर व्यवस्थापनलाई थप प्रभावकारी बनाउने तयारी गरिरहेका छन्।


दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्