भैरवकुण्डतर्फ बढ्दो आकर्षण, पर्यटकको चाप उकालो

DaksuMedia दाक्सु मिडिया
|
२०८३ बैशाख १०

सिन्धुपाल्चोकको भैरवकुण्ड पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख रोजाइ बन्दै गएको छ। धार्मिक आस्था र अद्वितीय प्राकृतिक सौन्दर्यको संगम रहेको यस स्थलमा हिन्दू र बौद्ध धर्मावलम्बीहरूले विशेष पूजा–आराधना गर्ने गरेका छन्।

समुद्री सतहबाट करिब ४,१२४ मिटर उचाइमा अवस्थित यो कुण्ड कठिन पदयात्रापछि पुग्न सकिने भए पनि त्यहाँ पुग्दा देखिने हिमश्रृङ्खला र शान्त वातावरणले यात्राको थकान भुलाइदिन्छ। विशेषगरी जनैपूर्णिमा का अवसरमा यहाँ ठूलो मेला लाग्ने गर्दछ।

पर्यटकहरूका लागि आधारभूत पूर्वाधार विकास गर्ने योजना अघि बढाइएको स्थानीय सरकारको भनाइ छ। उचित प्रचारप्रसार र व्यवस्थापन हुन सके भैरवकुण्डले सिन्धुपाल्चोकको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *