|
२०८२ चैत्र ७
ताप्लेजुङको पाथीभरा क्षेत्रमा शुक्रबार साँझदेखि हिमपात भएको छ। वर्षासँगै परेको हिउँ यस वर्षको पाँचौँ हिमपात भएको स्थानीय अधिकारीहरूले बताएका छन्।
हिमपातपछि पाथीभरा मन्दिर दर्शनका लागि जाने भक्तजनसँगै हिउँ खेल्न आउने आन्तरिक पर्यटकको संख्या बढेको छ। मौसम केही दिनदेखि बदली रहँदै आएको थियो भने हिउँ परेसँगै जिल्लाभर चिसो पनि बढेको छ।
स्थानीयका अनुसार उच्च पहाडी भेगहरूमा समेत हिमपात भएको छ, जसले जनजीवनमा चिसोको प्रभाव थप बढाएको छ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्