|
२०८३ असार ६
म्याग्दी, असार ६ — बेनी–जोमसोम सडक हुँदै चालु आर्थिक वर्षको ११ महिनामा सात लाखभन्दा बढी पर्यटक मुस्ताङ पुगेका छन्।
घाँसा प्रहरीचौकीको तथ्याङ्कअनुसार साउनदेखि जेठसम्म सात लाख पाँच हजार ७५४ स्वदेशी तथा विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेका हुन्। पर्यटक आगमनमा भारतीय नागरिकको संख्या उल्लेख्य रहेको प्रहरीले जनाएको छ।
मुक्तिनाथ दर्शन, कागबेनी, कोरला नाका र लोमान्थाङ भ्रमणका लागि पर्यटकको आकर्षण बढ्दै गएको छ। हिमाली भूगोल, संस्कृति र प्राकृतिक सौन्दर्यका कारण मुस्ताङको पर्यटन क्षेत्र थप विस्तार हुँदै गएको छ।


दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्