|
२०८२ मंसिर १८
जोमसोम, मुस्ताङ – सन् २०२५ को जनवरी–नोभेम्बरसम्म मुस्ताङमा विदेशी पर्यटकको संख्या गत वर्षको तुलनामा १०.६१ प्रतिशतले बढेको छ। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमका अनुसार यस अवधिमा १४ हजार ४११ जना बढी विदेशी पर्यटक आएका छन्।
सन् २०२४ मा मुस्ताङमा १ लाख ३५ हजार ७१९ जना विदेशी पर्यटक भ्रमण गरेका थिए, जसमा सार्क राष्ट्रका १ लाख ९ हजार ५४९ र अन्य राष्ट्रका २६ हजार १७० जना थिए। यस वर्ष एघार महिनामा १ लाख २३ हजार २५३ जना सार्क र २६ हजार ८७७ जना अन्य राष्ट्रका पर्यटक पुगेका छन्।
एक्याप प्रमुख राजेश गुप्ताले बताएअनुसार, अगस्ट–सेप्टेम्बरमा युवाको जेनजी आन्दोलन र प्रतिकूल मौसमका कारण पर्यटक संख्या घटेको थियो।


दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्