मुस्ताङमा ५ महिनामै १ लाख ४२ हजारभन्दा बढी पर्यटक

DaksuMedia दाक्सु मिडिया
|
२०८३ जेष्ठ २०

मुस्ताङ : मुस्ताङमा सन् २०२६ को पहिलो पाँच महिनामा १ लाख ४२ हजारभन्दा बढी विदेशी पर्यटकले भ्रमण गरेका छन्।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमका अनुसार जनवरीदेखि मेसम्म सार्क राष्ट्रका १ लाख २९ हजारभन्दा बढी र अन्य देशका करिब १३ हजार पर्यटक मुस्ताङ पुगेका हुन्।

मे महिनामा मात्रै करिब ६६ हजार पर्यटकले भ्रमण गरेका थिए, जसमा अधिकांश सार्क राष्ट्रका, विशेषगरी भारतीय पर्यटक रहेको जनाइएको छ।

गत वर्षको तुलनामा यस अवधिमा पर्यटक आगमन उल्लेख्य रूपमा वृद्धि भएको एक्यापले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *