|
२०८३ असार ३
काठमाडौँ, असार ३ — प्रतिनिधिसभा बैठकमा विभिन्न दलका सांसदहरूले होल्डिङ सेन्टरमा राखिएका सुकुम्वासीको अवस्था सुधार गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। श्रम संस्कृति पार्टीका सांसद हर्कराज राईले उनीहरूको उचित व्यवस्थापन र सम्मानजनक बसोबासको व्यवस्था गर्न माग गरे।
बैठकमा नेपाल–भारत सीमा सम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर पनि सांसदहरूले प्रश्न उठाए। केही सांसदहरूले प्रधानमन्त्रीले आफ्नो धारणा स्पष्ट पार्नुपर्ने र आवश्यक परे सच्याउनुपर्ने बताएका छन्।
यसैबीच, लिपुलेक, कालापानी, लिम्पियाधुरा तथा सुस्तालगायत क्षेत्रको सीमा विषयमा राष्ट्रिय हितलाई सर्वोपरि राख्नुपर्ने धारणा समेत व्यक्त गरिएको थियो। सभामुखले सांसदहरूले उठाएका विषयप्रति ध्यानाकर्षण भएको बताएका छन्।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्