राष्ट्रियसभामा मधेसको पानी संकटदेखि महँगीसम्मका विषय उठे

DaksuMedia दाक्सु मिडिया
|
२०८३ जेष्ठ १७

काठमाडौं, जेठ १७ — राष्ट्रियसभा बैठकमा सांसदहरूले मधेस प्रदेशमा बढ्दो खानेपानी अभावप्रति सरकारको ध्यानाकर्षण गराएका छन्। सुक्खाका कारण समस्या गम्भीर बन्दै गएको भन्दै तत्काल समाधानका उपाय अघि बढाउन आग्रह गरिएको छ।

बैठकमा उद्योग क्षेत्रका लागि पर्याप्त बजेट विनियोजन नभएको, कर्णालीमा विद्युत् आपूर्तिमा समस्या रहेको तथा महँगी नियन्त्रणका लागि प्रभावकारी कदम चाल्नुपर्ने विषय पनि उठाइएको थियो।

त्यसैगरी, जातीय छुवाछूत अन्त्य र दलित समुदायले भोगिरहेका विभेदका घटनाप्रति समेत सांसदहरूले चिन्ता व्यक्त गर्दै पीडितको माग सम्बोधन गर्न सरकारसँग आग्रह गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *