हिमाली सौन्दर्यले ताने कञ्चनजंघामा पर्यटक

DaksuMedia दाक्सु मिडिया
|
२०८३ बैशाख ५

ताप्लेजुङ : विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंघा क्षेत्रतर्फ पर्यटकको चहलपहल बढ्न थालेको छ। मौसम अनुकूल बन्दै जाँदा आन्तरिक तथा विदेशी पर्यटकको आगमनमा वृद्धि भएको हो।

कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का अनुसार पछिल्लो एक महिनामा मात्रै १६५ जना विदेशी पर्यटकले क्षेत्रको भ्रमण गरेका छन्। चैतदेखि जेठ र असोजदेखि मङ्सिरलाई यहाँको प्रमुख पर्यटकीय याम मानिन्छ।

पर्यटकका लागि कञ्चनजंघा आधार शिविर पुग्ने दुई प्रमुख पदमार्ग प्रयोग हुँदै आएका छन्। पदमार्ग क्षेत्रमा हाल ५२ वटा होटल सञ्चालनमा छन् भने पर्यटकीय पूर्वाधारमा पनि लगानी बढ्दै गएको छ।

स्थानीय समुदायको मुख्य आयस्रोत पर्यटन, होटल व्यवसाय र पशुपालन रहेको छ। पर्यटक आगमन बढेसँगै स्थानीय बासिन्दा र व्यवसायी उत्साहित बनेका छन्।

विगतमा लामो समय लाग्ने यात्रा अहिले छोटिएर करिब ११ देखि १६ दिनमै आधार शिविर पुगेर फर्कन सकिने भएको छ। यहाँ जापान, जर्मनी, अमेरिका, फ्रान्स, बेलायतलगायत विभिन्न देशका पर्यटक आउने गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *