काठमाडौँ— उज्यालो नेपाल पार्टी आज औपचारिक रूपमा सार्वजनिक हुँदैछ। पार्टीले मंसिर १७ गते बुधबार दिउँसो १ बजे राजधानीको प्रज्ञा भवन, कमलादीमा विशेष घोषणा कार्यक्रम आयोजना गर्न लागेको हो।
घोषणा समारोहका प्रमुख अतिथि ऊर्जामन्त्री कुलमान घिसिङ रहनेछन्। पार्टीका अनुसार सो कार्यक्रममा उज्यालो नेपाल पार्टीको दीर्घकालीन दृष्टि, नीति–दिशा, र घोषणापत्र–२०८२ विस्तृत रूपमा प्रस्तुत गरिनेछ।
पार्टीले आफ्नो सैद्धान्तिक धारणा, कार्य प्राथमिकता तथा आगामी योजनाहरू स्पष्ट रूपमा सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ। यसअघि उज्यालो नेपाल पार्टी र हाम्रो पार्टी नेपाल ९अध्यक्ष खगेन्द्र सुनारले आगामी प्रतिनिधिसभा निर्वाचनमा समान चुनाव चिन्ह प्रयोग गर्ने सहमति बनाइसकेका छन्।
यसबाहेक, पार्टी अन्य राजनीतिक शक्तिसँग पनि सहकार्य र संभवित एकताको विषयमा छलफल भइरहेको बताइएको छ।

दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्