विस्थापितको मृत्युले राज्यको जिम्मेवारीमा प्रश्न उठ्यो : घिसिङ

DaksuMedia दाक्सु मिडिया
|
२०८३ जेष्ठ २२

काठमाडौँ, जेठ २२ — उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा रहेका भेषराज दर्जीको मृत्युप्रति गहिरो दुःख व्यक्त गर्दै राज्यको जिम्मेवारीबारे गम्भीर प्रश्न उठाएका छन्।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै उनले अव्यवस्थित बसोबासी तथा सुकुम्बासीलाई उचित व्यवस्थापनबिना बस्ती हटाउँदा मानवीय संकट उत्पन्न भएको बताएका छन्। उनले प्रभावित नागरिकलाई पुनर्स्थापना, सुरक्षित आवास र आधारभूत सेवा सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

घिसिङले विस्थापित नागरिकप्रति समान संवेदनशीलता र जिम्मेवारी आवश्यक रहेकोमा जोड दिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *