आज देशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना

DaksuMedia दाक्सु मिडिया
|
२०८३ जेष्ठ २८

काठमाडौँ, जेठ २८ । देशभर अहिले आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको छ। मौसमविद्का अनुसार पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभावका कारण आज दिनभर तथा राति पनि मौसम पूर्ण रूपमा खुल्ने सम्भावना कम छ।

दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा छिटफुट वर्षा हुन सक्छ। तराईका केही जिल्लासहित कर्णाली र सुदूरपश्चिमका स्थानहरूमा पनि पानी पर्ने अनुमान गरिएको छ।

रातिको समयमा सुदूरपश्चिम, लुम्बिनी, कोशी, मधेस, बागमती र गण्डकीका केही क्षेत्रमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुन सक्ने मौसम पूर्वानुमान छ। मौसमविद्ले वर्षा र चट्याङको जोखिम भएका क्षेत्रमा आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *