आज देशका केही क्षेत्रमा वर्षाको सम्भावना

DaksuMedia दाक्सु मिडिया
|
२०८३ जेष्ठ १८

काठमाडौं, जेठ १८ — आज देशभरको मौसम पूर्ण रूपमा खुला नहुने देखिएको छ। मौसमविद्हरूका अनुसार पहाडी तथा हिमाली क्षेत्रमा बादलको प्रभाव रहनेछ भने तराईका अधिकांश स्थानमा आंशिक बदली रहने सम्भावना छ।

कर्णाली, सुदूरपश्चिम, कोशी, बागमती र गण्डकी प्रदेशका केही पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ। साथै, कोशी र लुम्बिनी प्रदेशका तराईका केही स्थानमा पनि वर्षाको सम्भावना रहेको छ।

रातिको समयमा अधिकांश तराई क्षेत्रको मौसम सामान्यतया सफा रहनेछ भने उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने मौसम विभागले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *