हाल देशभर बङ्गालको खाडीबाट आएका जलवाष्पयुक्त मनसुनी वायुले प्रभाव जमाएको छ, जसको असरस्वरूप विभिन्न क्षेत्रमा वर्षा भइरहेको छ।
आज बिहान कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका अधिकांश स्थानहरूमा पूर्ण बदलीको अवस्था देखिएको छ, जबकि अन्य क्षेत्रहरूमा सामान्य बदली रहेको छ।
मधेस, बागमती र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा मध्यम वर्षा भइरहेको छ भने, कोशी र गण्डकी प्रदेशमा हल्कादेखि मध्यम वर्षा भइरहेको जानकारी छ।
आज दिउँसोको अवस्थाको पूर्वानुमान अनुसार, कोशी र मधेस प्रदेशमा पूर्ण बदली रहनेछ भने, बागमती र लुम्बिनीमा सामान्य बदली र अन्य क्षेत्रमा आंशिक बदलीको सम्भावना छ।
कोशी र मधेस प्रदेशका धेरै स्थानहरूमा, साथै अन्य प्रदेशका पहाडी र तराई क्षेत्रका केही भागहरूमा चट्याङसहित मध्यम वर्षा हुन सक्ने सम्भावना छ।
साथै, कोशी र मधेसका एक–दुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान छ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्