पश्चिमी प्रणालीको प्रभावले देशका विभिन्न स्थानमा वर्षाको सम्भावना

DaksuMedia दाक्सु मिडिया
|
२०८२ चैत्र १

काठमाडौं — पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभावका कारण देशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्यतया बदली रहेको छ भने अन्य स्थानमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

हाल गण्डकीका केही स्थान तथा कोशी र बागमती प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ। आज दिउँसो र राति पनि पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जनसहित वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

त्यसैगरी कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही पहाडी तथा तराई क्षेत्रका एक–दुई स्थानमा पनि मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्ने अनुमान गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *