|
२०८३ जेष्ठ २०
काठमाडौं, जेठ २० — आज देशका अधिकांश भागमा मौसम आंशिकदेखि सामान्य बदली रहने अनुमान गरिएको छ। पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको छ।
लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा पनि छिटफुट वर्षा हुन सक्ने बताइएको छ। यता मधेश, कोशी, बागमती र गण्डकी प्रदेशका तराई जिल्लामा गर्मी बढ्ने सम्भावना रहेको छ।
राति तराईका अधिकांश स्थानमा मौसम सफा रहनेछ भने उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षा वा हिमपात हुन सक्ने मौसमविद्हरूले जनाएका छन्।


दाक्सु मिडिया










तपाईको प्रतिक्रिया दिनुहोस्