बिद्या देवी भण्डारी अस्पताल पुगेर केपी शर्मा ओली को स्वास्थ्यबारे जानकारी लिइन्

DaksuMedia दाक्सु मिडिया
|
२०८२ चैत्र १६

काठमाण्डौँ । पूर्वराष्ट्रपति भण्डारीले चिकित्सकसँग पनि ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको उनले बताए ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी छन् ।

सोमबार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज पुगेर पूर्व राष्ट्रपति भण्डारीले ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको भण्डारीका स्वकीय सचिव राजकुमार राईले जानकारी दिए ।

पूर्वराष्ट्रपति भण्डारीले चिकित्सकसँग पनि ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको उनले बताए ।

पूर्व प्रधानमन्त्री समेत रहेका ओलीलाई भदौ २३ र २४ का घटनाको छानबिन गर्न बनेको गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्न भन्दै सरकारको निर्देशनले प्रहरीले शनिबार पक्राउ गरेको थियो । पक्राउपछि उनलाई उपचारका लागि शिक्षण अस्पताल भर्ना गरिएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *