|
२०८२ मंसिर ११
काठमाडौँ — पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले)को ११औँ महाधिवेशन सफल होस् भन्ने शुभेच्छा व्यक्त गर्दै प्रतिनिधि चयनमा जिम्मेवार निर्णय हुने विश्वास व्यक्त गरेकी छन्।
फेसबुकमार्फत प्रतिक्रिया दिँदै उनले दुई वर्षअघि विधानअनुसार नवीकरण भएको आफ्नो सदस्यता नेतृत्वले रोकिदिएको भन्दै महाधिवेशनमा उपस्थित नहुनुपरे पनि पार्टीप्रति आफ्नो प्रतिवद्धता यथावत् रहने बताइन्।
भण्डारीले विषम राजनीतिक परिस्थितिमा पार्टीलाई सही दिशातर्फ अघि बढाउन सक्षम, परिपक्व र ऊर्जाशील नेतृत्व छनोट हुने अपेक्षा गरेकी छन्। महाधिवेशनले पार्टीलाई नीति र नेतृत्वमार्फत देश रूपान्तरणको दिशामा अघि ल्याउने अवसर भएकाले यसको सफलता सबैको चाहना रहेको उनले उल्लेख गरिन्।


दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्