|
२०८२ चैत्र २९
काठमाण्डौँ । काठमाण्डौँ उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले चलाएको विशेष सप्राइज चेकिङ अभियानका क्रममा १०१ वटा सवारी साधनका चालक कारबाहीमा परेका छन् । आइतबार गरिएको यस आकस्मिक जाँचका क्रममा ट्राफिक नियम उल्लंघन गर्ने ठुलो संख्यामा चालकहरू समातिएका हुन् ।
कारबाहीमा परेकामध्ये ५ जना चालकले मादक पदार्थ सेवन (मापसे) गरी सवारी साधन चलाएको पाइएको छ। प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएर कानुनी प्रक्रिया अगाडि बढाएको छ।
त्यस्तै, ट्राफिक लाइटको बेवास्ता गर्दै रातो बत्ती उल्लंघन गर्ने २ जना र लेन अनुशासन पालना नगर्ने तथा अन्य विविध नियम तोड्ने ९४ जना चालकहरूलाई पनि ट्राफिक प्रहरीले स्थलगत कारबाही गरेको छ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्