रास्वपा सांसदलाई फेरि २ दिनको प्रशिक्षण दिइने

DaksuMedia दाक्सु मिडिया
|
२०८३ बैशाख २२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसदलाई २ दिनको प्रशिक्षण आयोजना गरेको छ ।

वैशाख २६ र २७ गते सांसदहरूका लागि प्रशिक्षण कार्यक्रम राखिएको प्रशिक्षण विभाग प्रमुख विपिन आचार्यले जानकारी दिए ।

सांसद्को शपथअघि पनि रास्वपाले आवासीय प्रशिक्षण राखेको थियो ।

यसपटक भने संसदीय दलको कार्यालय सिंहदरबारमा बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म प्रशिक्षण हुनेछ ।

संसदीय अभ्यास र संसद्मा प्रभावकारी भूमिका सम्बन्धमा सांसदहरूलाई प्रशिक्षण दिन थालिएको हो ।

बजेट अधिवेशनको पूर्वसन्ध्यामा रास्वपाले सांसदका लागि प्रशिक्षण आयोजना गर्न लागेको हो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *