सांसदको तलब भत्ता नलिने र सवारी नचढ्ने रास्वपा सांसद सुदन गुरुङ

DaksuMedia दाक्सु मिडिया
|
२०८२ चैत्र ३

काठमाण्डौँ । सुदन गुरुङ ले सांसद पदबाट प्राप्त हुने तलब–भत्ता नलिने घोषणा गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आयोजना गरेको सांसदहरूको प्रशिक्षण कार्यक्रमको अवसरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै गुरुङले यस्तो उद्घोष गरेका हुन् ।

उनले आफू सरकारी सुविधा प्रयोग नगर्ने पनि स्पष्ट पारे। “म तलब खाँदिनँ, सरकारी गाडी पनि चढ्दिनँ,” उनले भने, “मेरो आफ्नै गाडी छ, म आफैं सक्षम छु।”

गुरुङको यो अभिव्यक्तिले सार्वजनिक पदमा सादगी र व्यक्तिगत उत्तरदायित्वको सन्देश दिने प्रयासका रूपमा हेरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *