वैदेशिक रोजगारीमा जाने श्रमिकलाई थप बिल–रसिद आवश्यक नपर्ने

DaksuMedia दाक्सु मिडिया
|
२०८२ चैत्र २९

काठमाडौं, चैत २९ – वैदेशिक रोजगारीका लागि विदेश जाने नेपाली श्रमिकहरूले अब त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा थप बिल वा रसिद पेश गर्नु नपर्ने भएको छ। अध्यागमन विभागले आधारभूत कागजात मात्र पर्याप्त हुने स्पष्ट पारेको छ।

विभागका अनुसार श्रमिकहरूले अब श्रम स्वीकृति र राहदानी (पासपोर्ट) मात्र देखाए पुग्नेछ। पछिल्ला दिनमा फैलिएको भ्रमका कारण विमानस्थलमा देखिएको अन्यौलता हटाउन यस्तो स्पष्टिकरण दिइएको हो।

त्यस्तै, भिजिट भिसामा विदेश जाने यात्रुहरूका लागि पनि प्रक्रिया सरल बनाइएको छ। अब कम्तीमा ६ महिनाको वैध राहदानी, भिसा र दुईतर्फी हवाई टिकट भए स्वघोषणा फारम भरेर यात्रा गर्न सकिनेछ।

अध्यागमन विभागले अनावश्यक कागजातका कारण हुने झन्झट हटाउँदै यात्रालाई सहज र व्यवस्थित बनाउन नयाँ व्यवस्था लागू गरिएको जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *