यूएई जाने श्रमिकलाई प्रहरी रिपोर्ट प्रमाणीकरण गर्न १३ हजार ९ सय शुल्क लाग्ने

DaksuMedia दाक्सु मिडिया
|
२०८२ पुष २

काठमाण्डौँ । वैदेशिक रोजगारीका लागि यूएई जाने श्रमिकहरूलाई प्रहरी रिपोर्ट प्रमाणीकरण गर्न १३ हजार ९ सय रूपैयाँ भन्दा बढी शुल्क लिन थालिएको छ । यूएईले भिसा लिनका आवश्यक पर्ने नेपालको ‘प्रहरी प्रतिवेदन प्रमाणीकरण’मा ३ सय ५३ दिराम (१३ हजार ९९५ रूपैयाँ) लिने गरेको हो ।

जेनजी आन्दोलनपछि भिसामा कडाइ गरेको यूएईले पछि भिसा सहज बनाउँदै प्रहरी रिपोर्टको प्रमाणीकरण अनिवार्य गरेको थियो । त्यसका लागि ठमेलस्थित छायाँ सेन्टरमा भीएफएसमा ३५३ दिराम बुझाउनुपर्ने हुन्छ ।

नेपाली श्रमिकले प्रहरी प्रतिवेदन प्रमाणीकरणका नाममा उक्त शुल्क तिर्नुपरेको हो । जेनजी आन्दोलनअघि यूएई जान प्रहरी प्रतिवेदन अनिवार्य थिएन । जेनजी आन्दोलनपछि यूएईले भिसामा कडाई गरेपछि प्रमाणीकरण अनिवार्य गर्दै उक्त शुल्क तोकेको हो ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका सचिव कुन्छा दोर्जे डिम्दोङले श्रमिकलाई थप आर्थिक भार पर्नेगरी प्रहरी रिपोर्ट प्रमाणीकरणको नाममा बढी शुल्क लिने गरेको गरेको बताए ।

संघले प्रहरी प्रतिवेदन प्रमाणीकरणका लागि तोकिएको शुल्क हटाउन माग गरेको छ । संघले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई ध्यानाकर्षण गराएको थियो । संघको ध्यानाकर्षणपछि श्रम मन्त्रालयले कुटनीतिक पहलका लागि परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *