बर्खास्त गरेका मधेसका मुख्यमन्त्री भन्छन्–राजीनामा दिएको भए मायाको चिनो दिन्थेँ

DaksuMedia दाक्सु मिडिया
|
२०८१ असार २२

काठमाडौँ : आफ्नो सरकारबाट नेकपा माओवादी, एकीकृत समाजवादी लगायत ४ दलका ६ जना मन्त्रीलाई बर्खास्त गरेका मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले उनीहरूले राजीनामा दिएको भए टोनअफ लभ (मायाको चिनो) दिने योजनामा आफू रहेको बताएका छन्।

आजै विश्वासको मत लिन लागेका मुख्यमन्त्री सिंहले त्यसअघि नै माओवादी केन्द्र, एकीकृत समाजवादी, नेपाल संघीय समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीका ६ मन्त्रीहरुलाई बर्खास्त गरेका थिए।

‘उहाँहरुको राजीनामा आएको भए ‘लेटर अफ थ्यांक्स’ पनि दिने र ‘टोकन अफ लभ’ पनि दिने योजना थियो,’ मन्त्रीहरूको बर्खास्तीपछि पत्रकारहरूसँग बोल्दै मुख्यमन्त्री सिंहले भने।

नेपाली कांग्रेस र नेकपा एमालेले साथ दिने भएपछि बहुमत पाउनेमा ढुक्क रहेका सिंहले विश्वासको मत लिनुअघिनै यसअघिका सत्ता सहयात्री माओवादी केन्द्र, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टीका मन्त्रीलाई राजीनामा दिन आग्रह गरेका थिए।

तर, उनीहरूले राजीनामा दिन अस्वीकार गर्दै बरु बर्खास्त गर्न मुख्यमन्त्री सिंहलाई भनेका थिए। मुख्यमन्त्री सिंहले देशको राजनीतिक परिस्थिति अनुसार आफूले कदम चालेको बताए।यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *