
१३ बैशाख, काठमाण्डौ – बुढानीलकण्ठ नगरपालिका वडा नं ११ मा नेपाली कांग्रेसका ३८ जान क्रियाशील सदस्यहरुले पार्टी परित्याग गरेका छन।
आज एक बिज्ञप्ति जारी गर्दै सोमबारका मिति बाट कुनै पनि राजनीतिक दलको सदस्यता नरहने घोषणा गर्दै उनीहरुले स्वतन्त्र मतदाता भएर बस्ने बताएका छन।
उम्मेदवार चयनमा मनोमानी भएको भन्दै सोमबार वडा नम्बर ११ का क्रियाशील सदस्यहरूले सामूहिक राजीनामा दिएका छन् ।
बुढानीलकण्ठ नगरपालिकामा वडा नम्बर ११ लाई कांग्रेसको गढको रूपमा बुझिन्छ । सोही स्थानबाट सोमबार सन्ध्याकालीन समयमा सामूहिक रूपमा ३८ जना क्रियाशील सदस्यहरूले राजीनामा घोषणा गर्दै पार्टी परित्यागको घोषणा गरेका हुन् ।
नेपाली कांग्रेसका महामन्त्री समेत रहेका गगन कुमार थापाको निर्वाचन क्षेत्र अन्तर्गत पर्दछ बुढानीलकण्ठ नगरपालिका । सोही नगरपालिकाको वडा नम्बर ११ मा पर्ने पैयुटारलाई थापा सहित नगर पार्टी पङ्क्तिबाट सौताको व्यवहार भए पछि टुलुटुलु हेरेर बस्न सक्ने अवस्था आएन त्यस पछि पार्टी परित्याग गर्याै एक नेताले भने ।
सामूहिक राजीनामा दिनु पर्ने कुनै रहर थिएन, हामीले जे गर्दा नि हुन्छ भन्ने मानसिकता बोकेर स्वार्थ जोडेर निर्णय लाद्न खोज्ने पार्टीका नेताहरू कारण यस खालको निर्णय लिन बाध्य भयौँ, राजन कार्की भन्छन् । क्रियाशील सदस्य तथा वडा नम्बर ११ का इकाई सदस्य समेत रहेका कांग्रेस युवा नेता कार्की सामूहिक राजीनामा पश्चात् भन्छन्, ‘म अहिले ३२ वर्षको भए ३० वर्षभन्दा माथि भएको रहेछ कांग्रेस पार्टीबाट पैयुटारबासीलाई कुनै पनि कुरामा सिफारिस नगरेको । अब अवसर पायौँ भने पनि मर्यादा क्रम अनुसार आफ्नो पालो आउन कम्तीमा ३० वर्ष लाग्छ । बुढो हुँदा समेत पार्टीले भूगोलको आधारमा नपत्याउने अवस्था छ । यस कारण पार्टीमा पैयुटारबासीको भविष्य छैन ।’
उनी भन्छन्, ‘यस पटक तपाईँहरूकै ठाउँबाट मेयर हुँदै हुनुहुन्छ । वडामा अन्य क्षेत्रबाट मिलाऊ भन्दै आश्वासन दिइयो । अन्तिम आवरमा मेयरमा अर्कै नाम आयो । हामीले यस्तो होला भन्ने कल्पना समेत गरेका थिएनौँ । त्यस पछि सामूहिक रूपमा राजीनामा दिएका छौँ । भोलि सम्ममा अझ सङ्ख्या बढ्ने वाला छ ।’
वि.स. २०७० सालको सङ्घीय चुनावमा सभासद् सुप्रभा घिमिरेलाई ओभरटेक गर्दै गगन थापाले क्षेत्र नम्बर ४ मा प्रतिनिधिसभा सांसदमा उम्मेदवार टिकट लिँदा घिमिरेले बागी उम्मेदवारी दिएकी थिइन् । यसले स्थानीय तहको निर्वाचनमा मात्र नभई आगामी हुने सङ्घीय चुनावमा समेत गगनलाई ठुलो धक्का लाग्ने आकलन गरिएको छ ।
नेपाली कांग्रेस बुढानिलकण्ठ ११ मा नेपाली कांग्रेसको प्रभाव क्षेत्र मानिने पैयाटार क्षेत्रमा रहेका ति सदस्यहरुको नामावली निम्न छ :




दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्