ग्यासको अभाव भएपछि भारतमा मजदुरी गर्ने नेपाली घर फर्किँदै

DaksuMedia दाक्सु मिडिया
|
२०८२ चैत्र ८

काठमाडौं । भारतका विभिन्न सहरमा होटल तथा व्यवसायमा मजदुरी गर्ने कतिपय नेपाली खाना पकाउने ग्यासको अभाव भएपछि स्वदेश फर्किन थालेका छन् । विशेषगरी होटलमा काम गर्नेहरू ग्यासको अभावमा व्यवसाय बन्द हुने अवस्था देखिएपछि स्वदेश फर्किन थालेका हुन् ।

ग्यास अभावका कारण आफूले काम गर्ने होटल बन्द हुने अवस्थामा पुगेपछि अहिले घर फर्किएको डोटीका रोशन खड्काले बताए ।

एकातिर ग्यास अभावले पूरै समय होटल नचल्ने गरेको र अर्कातिर ‘बिसु’ पर्व पनि नजिकिँदा यस वर्ष छिटो घर फर्किनुपरेको डोटीका अर्का स्थानीय विजय विकले बताए ।

सुदूरपश्चिम प्रदेशमा बिसु पर्वलाई नयाँ वर्ष आरम्भका रूपमा मनाइन्छ । खाना पकाउने ग्यासको अभावले होटलमा मजदुरी गर्ने नेपाली सबैभन्दा बढी प्रभावित भइरहेका भारतबाट आएकाहरु बताउँछन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *