|
२०८२ माघ २०
काठमाण्डौँ । दुई सातादेखि बजारमा देखिएको ग्यास अभाव देखिएको छ । बजारमा अहिले विशेष गरी नेपाल ग्यासको अभाव चरम रूपमा देखिएको छ । जसका कारण उपभोक्ता मारमा परेका छन् । भारतबाट समयमै ग्यास ढुवानी भएर नेपाल नआउँदा ग्यासको चर्को अभावको सामना उपभोक्ताले गर्नुपरेको छ ।
नेपाल ग्यासका विक्री केन्द्रहरूमा दुई सातादेखि ग्यास नपाइएपछि खाली सिलिन्डर बोकेर उपभोक्ता बालाजु औद्योगिक केन्द्रमा रहेको नेपाल ग्यासको कार्यालयमै दैनिक सयौँ उपभोक्ता पुग्ने गरेका छन् । कार्यालयमै पुग्दा पनि नेपाल ग्यास नपाएको गुनासो उपभोक्ताहरूको छ ।
बिहान देखी दिनको २ बजे सम्म मात्र ग्यास वितरण गरिने सो कार्यालयमा अहिले दैनिक सयौँ उपभोक्ताहरू लाम बस्ने गरेका छन् ।
यसरी उपभोक्ताले ग्यास नपाएको गुनासो गरिरहँदा नेपाल ग्यास कम्पनीले ढुवानीमा समस्या देखिएकाले समस्या कायमै रहेको बताएको छ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्