काठमाडौँ — कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि विभिन्न कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ।
समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ८० रुपैयाँ, सानो लोकल गोलभेँडा ४५ र सानो भारतीय गोलभेँडा ४८ रुपैयाँ कायम गरिएको छ। त्यसैगरी रातो आलु २२, भारतीय आलु २४ तथा सुकेको भारतीय प्याज ३६ रुपैयाँ प्रतिकिलो तोकिएको छ।
तरकारीतर्फ गाजर ३५–४०, बन्दा २०–४०, काउली २५–३० र मूला १५–३५ रुपैयाँ प्रतिकिलो निर्धारण गरिएको छ। भन्टा ५०–६०, मटरकोसा ५०, करेला १२०, लौका ६०, घिरौँला ७० र भिन्डी १२० रुपैयाँ प्रतिकिलो रहेको छ।
सागसब्जीतर्फ रायोसाग ६०, पालुङ्गो ८०, तोरीसाग ३५ र मेथी ८० रुपैयाँ प्रतिकिलो छ। च्याउको मूल्य भने केही महँगो देखिएको छ, जहाँ कन्य च्याउ १५०, राजा च्याउ ३०० र सिताके च्याउ १,००० रुपैयाँ प्रतिकिलो पुगेको छ।
फलफूलतर्फ स्याउ २५०–३००, केरा प्रतिदर्जन २००, कागती २६०, अङ्गुर २२०–३२०, अनार ३२० तथा स्ट्रबेरी, किबी र एभोकाडो प्रतिकिलो ४०० रुपैयाँ कायम गरिएको समितिले जनाएको छ।
यस्तै मसला तथा अन्य कृषिउपजमा अदुवा ११०, हरियो खुर्सानी १००, अकबरे खुर्सानी ९००, सुकेको खुर्सानी ४२० तथा लसुन २००–२६० रुपैयाँ प्रतिकिलो निर्धारण गरिएको छ।
समितिले बजारको आपूर्ति र मागका आधारमा दैनिक रूपमा थोक मूल्य अद्यावधिक गर्दै आएको जनाएको छ।
दाक्सु मिडिया





तपाईको प्रतिक्रिया दिनुहोस्