गोलभेँडा, आलु र प्याजको मूल्य
ठूलो भारतीय गोलभेँडा प्रतिकिलो ७० रुपैयाँ तोकिएको छ भने सानो लोकल ३०, टनेल ४० र भारतीय सानो ४० रुपैयाँमा कारोबार भइरहेको छ। रातो आलु २८ र भारतीय आलु २६ रुपैयाँ प्रतिकिलो कायम हुँदा सुकेको भारतीय प्याज ३८ रुपैयाँमा बिक्री भइरहेको छ।
हरियो तरकारीमा यस्तो छ भाउ
लोकल गाजर ६० र तराई गाजर ५० रुपैयाँ प्रतिकिलो रहेको छ। बन्दा लोकल ५५, तराई ३० र नरिवल ३५ रुपैयाँमा पाइन्छ। स्थानीय काउली २५ र ज्यापू काउली ५० रुपैयाँ कायम गरिएको छ।
भन्टा लाम्चो ५५ र डल्लो ६५ रुपैयाँमा कारोबार भइरहेको छ। मटरकोसा ६५, घिउ सिमी १००–१२०, तिते करेला २०० र घिरौँला १४० रुपैयाँ प्रतिकिलो तोकिएको छ।
सागसब्जी र मसला बाली
रायो र तोरीको साग २५ रुपैयाँ प्रतिकिलो छ भने पालुङ्गो ३५ रुपैयाँमा उपलब्ध छ। हरियो प्याज ४५, मेथी ४० र हरियो धनियाँ ४५ रुपैयाँ कायम गरिएको छ।
अदुवा १२०, सुकेको खुर्सानी ४२० र हरियो खुर्सानी १९० रुपैयाँ प्रतिकिलो रहेको छ। अकबरे खुर्सानीको मूल्य सबैभन्दा बढी ५५० रुपैयाँ पुगेको छ।
च्याउ र विशेष उत्पादन
कन्य च्याउ ९० रुपैयाँमा पाइँदा डल्ले च्याउ ३८० रुपैयाँमा बिक्री भइरहेको छ। सिताके च्याउ प्रतिकिलो १,००० रुपैयाँ तोकिएको छ। गुन्द्रुक ३०० र तोफु १५० रुपैयाँमा कारोबार भइरहेको छ।
फलफूलको अवस्था
स्याउ (फुजी) ३२० र झोले स्याउ २५० रुपैयाँ प्रतिकिलो रहेको छ। केरा प्रतिदर्जन १९० रुपैयाँमा उपलब्ध छ। अनार ३३०, हरियो अङ्गुर २५० र कालो अङ्गुर ४०० रुपैयाँ प्रतिकिलो पुगेको छ।
सुन्तला १८०, किबी २६०, एभोकाडो ३५० र स्ट्रबेरी ५५० रुपैयाँ प्रतिकिलो कायम गरिएको छ।
माछा र अन्य वस्तु
ताजा रहु माछा ३४० रुपैयाँ प्रतिकिलो छ भने बचुवा २८० र छडी २५० रुपैयाँमा कारोबार भइरहेको छ। सुकेको माछा प्रतिकिलो १,००० रुपैयाँ तोकिएको छ।
समितिका अनुसार बजारमा आपूर्ति र मागको अवस्थाअनुसार मूल्य निर्धारण गरिएको हो।


दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्