मध्यपूर्वमा तनावको विषयमा प्रधानमन्त्रीले परराष्ट्रमन्त्री र श्रममन्त्रीसँग लिए जानकारी

DaksuMedia दाक्सु मिडिया
|
२०८२ फाल्गुन १७

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले परराष्ट्रमन्त्री बालानन्द शर्मा र श्रममन्त्री राजेन्द्रसिंह भण्डारीसँग मध्यपूर्वमा रहेका नेपालीको अवस्थाबारे जानकारी लिएकी छन् ।

प्रधानमन्त्री कार्कीले आइतबार अपराह्न २ मन्त्रीलाई बालुवाटार बोलाएर मध्यपूर्वको तनाव र नेपालीको अवस्थाका विषयमा जानकारी लिएकी हुन् ।

मध्यपूर्वका विभिन्न देशमा तनाव बढ्दै गएपछि त्यहाँ रहेका १७ लाखभन्दा बढी नेपालीहरु रहेका छन् । उनीहरुको सुरक्षा सरकारले उच्च प्राथमिकतामा राखेको जनाएको छ । आइतबा परराष्ट्र मन्त्रालयले पत्रकार सम्मेलन गरी यसबारे जानकारी गराएको हो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *