प्रधानमन्त्रीले सात प्रमुख दललाई बालुवाटार डाके

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक ४

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले आज अपराह्न ४ बजे निर्वाचनबारे सात राजनीतिक दलसँग छलफल गर्न बालुवाटारमा बैठक बोलाएकी छिन्।

प्रधानमन्त्री कार्कीको सचिवालयका अनुसार, फागुन २१ गतेका लागि तय गरिएको निर्वाचनबारे छलफल गर्न उनले राष्ट्रिय मान्यता प्राप्त सात वटा राजनीतिक दललाई चिठ्ठी पठाएर बैठकमा आमन्त्रण गरेकी हुन्।

छलफलका लागि बोलाइएका दलहरूमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टी, र जसपा नेपाल (उपेन्द्र यादव समूह) रहेका छन्।

यसअघि राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री कार्कीले संयुक्त रूपमा राष्ट्रपति कार्यालयमै दलका प्रतिनिधिहरूसँग छलफल गरेका थिए। आजको बैठक प्रधानमन्त्रीको पहलमा पुनः आयोजना हुन लागेको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *