विशेष महाधिवेशनको काउन्टरमा कांग्रेस संस्थापनको युवा भेला

DaksuMedia दाक्सु मिडिया
|
२०८२ पुष २४

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन समूहले विशेष महाधिवेशनको काउन्टरमा युवा भेला गर्ने भएको छ । विशेष महाधिवेशनको उद्घाटन हुन दिन कांग्रेसको संस्थापन पक्षले सानेपामा युवा भेला गर्ने भएको हो ।

सभापति शेरबहादुर देउवासँग बिहीबार छलफल गरेर संस्थापन पक्षले २७ पुसमा युवा भेला आयोजना गर्ने निर्णय गरेको नेताहरूले बताएका छन् । भेलाको संयोजनको जिम्मा नेपाल तरूण दलका अध्यक्ष विद्वान गुरुङलाई दिइएको छ ।

सभापति देउवासँगको छलफलमा सहभागी केन्द्रीय सदस्य गुरू बरालले युवा भेलाको आयोजनबारे पुष्टि गरेका छन् ।

संस्थापन निकट स्रोतले २८ पुसमा जिल्ला सभापतिहरूको भेला गरिने जानकारी दिएको छ । स्रोतका अनुसार सभापतिहरूको भेलाका लागि समन्वयको जिम्मेवारी भक्तपुर सभापति दुर्लभ थापा र बाग्लुङ सभापति जीत शेरचनलाई जिम्मा दिइएको छ ।

सभापति देउवासँगको छलफलमा कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, बालकृष्ण खाँण, एनपी साउद, जीतजंग बस्नेत, गुरु बराललगायतका नेताहरू सहभागी थिए ।

यस्तै भ्रातृ संगठन नेपाल तरूण दलका अध्यक्ष विघान गुरूङ, नेपाल विद्यार्थी संघ (नेविसंघ) का अध्यक्ष दुजाङ शेर्पा, नेपाल महिला संघका अध्यक्ष उषा राउतको पनि सहभागिता रहेको थियो ।

विशेष महाधिवेशन पक्षधरले २७–२८ पुसमा काठमाडौंको भृकुटीमण्डपमा विशेष महाधिवेशन गर्ने घोषणा गरिसकेका छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *