|
२०८२ पुष ११
काठमाण्डौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले पार्टीलाई स्मरण पत्र बुझाएको छ । पूर्वनिर्धारित नियमित महाधिवेशनमा अलमल देखिएपछि उक्त पक्षधरले शुक्रबार स्मरण पत्र बुझाएको हो ।
नेता देवराज चालिसेले नियमित महाधिवेशन नहुने अवस्थामा विशेषको विकल्प नभएको जनाउँदै कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई स्मरण पत्र बुझाएको बताए ।
देशव्यापी हस्ताक्षर अभियान चलाएको समूहले २९ असोजमा विशेष महाधिवेशनको माग गर्दै कार्यवाहक सभापति खड्कालाई २ हजार ४ सय ८८ प्रतिनिधिको हस्ताक्षर बुझाएको थियो ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्