कांग्रेस संस्थापन पक्षका केन्द्रीय सदस्यहरूको भेला सुरु

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक १७

काठमाण्डौँ । नेपाली कांग्रेसको संस्थापन पक्षका नेताहरूको छुट्टै भेला सुरु भएको छ । केन्द्रीय कार्यसम्पादन समितिमा नरहेका संस्थापन पक्षका केन्द्रीय सदस्यहरूले छुट्टै भेला गरेका हुन् ।

नयाँ बानेश्वरस्थित आनन्दभूमि ब्यांक्वेटमा उनीहरु भेला भएका हुन् । नेता गुरु बरालले भेलाबाट १५औं महाधिवेशनको मिति प्रस्ताव गरिने पनि बताएका छन् । भेलाले २१ फागुनका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनको तयारी कालागि आह्वान गरिने उनको भनाइ छ ।

कांग्रस केन्द्रीय सदस्य नैनसिंह १५औं महाधिवेशनमा कुन तरिकाले जाने, निकास के होला भनेर छलफल गर्न लागिएको बताए ।

संस्थान पक्षीय केन्द्रीय सदस्यहरूले भेलाबाट पार्टी कार्यालयमा बुझाइएका हस्ताक्षरहरूको ‘भेरिफिकेसन’ गरेर विशेष महाधिवेशनको विषय टुंगो लगाउन पनि माग गर्ने तयारी गरेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *