कांग्रेस केन्द्रीय समिति बैठक आज

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक १८

काठमाण्डौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज दिउँसो १ बजे सानेपामा बस्दैछ।

बैठकमा आगामी महाधिवेशनको कार्यतालिकाबारे छलफल हुनेछ।

संस्थापन इतर पक्षले मंसिर मसान्तभित्र महाधिवेशन गर्नुपर्ने अडान लिएको छ भने संस्थापन पक्षले फागुन २१ गतेपछिको मिति प्रस्ताव गर्ने तयारी गरेको छ।

बैठकमा पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र सातवटै प्रदेश सभापतिहरू सहभागी हुनेछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *