प्रधानमन्त्री कार्कीलाई कांग्रेसको जवाफ, तपाईंकै जेठो छोराले निर्वाचन हुन दिन्न भनेपछि हाम्रो के लाग्छ

DaksuMedia दाक्सु मिडिया
|
२०८२ पुष ८

काठमाण्डौँ । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आगामी फागुन २१ गतेका लागि तय गरिएको निर्वाचन हुनेमा गम्भीर आशङ्का व्यक्त गरेका छन् ।

मंगलबार पार्टी कार्यालय सानेपामा सरकारद्वारा गठित राजनीतिक वार्ता समितिसँगको छलफलमा उनले वर्तमान सरकार र आन्दोलनरत पक्षबिचको व्यवहारले चुनावी वातावरण बन्न नसकेको टिप्पणी गरे। अन्तरिम सरकारसँग १० बुँदे सम्झौता गर्ने ुजेनजीु पुस्ताका अगुवाहरूले नै निर्वाचन हुन नदिने घोषणा गरिरहेकाले सरकारको नियत र तयारीमा प्रश्न उठेको उनको तर्क छ।

उपसभापति गुरुङले जेनजी अगुवा सुदन गुरुङको टेलिभिजन अन्तर्वार्तालाई उल्लेख गर्दै प्रधानमन्त्रीले ‘जेठो छोरो’ मानेकाहरूले नै चुनाव भाँड्ने कुरा गर्दा आशङ्का झन् बलियो भएको बताए। सम्झौताको मसी सुक्न नपाउँदै आन्दोलनरत पक्षबाट आएका यस्ता अभिव्यक्तिले सरकार निर्वाचन गराउन कत्तिको गम्भीर छ भन्ने कुरा प्रष्ट पारेको उनले जिकिर गरेका छन् ।

कसैलाई निषेध गरेर वा कुनै राजनीतिक दललाई यात्रामा रोकेर स्वच्छ र निष्पक्ष निर्वाचन सम्पन्न हुन नसक्ने भन्दै उनले सबै दल सहभागी हुने वातावरण बनाउन सरकारलाई आग्रह गरे।

कांग्रेस निर्वाचनबाट कहिल्यै नभाग्ने स्पष्ट पार्दै गुरुङले शान्ति सुरक्षा र भयमुक्त वातावरण निर्वाचनका लागि पहिलो सर्त भएको उल्लेख गरे ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *