काठमाडौँ — हामी नेपालका संयोजक सुदन गुरुङले आफू कुनै पनि एजेन्ट नभएको स्पष्ट पारेका छन्। बिहीबार माइतीघर मण्डलामा जेनजी आन्दोलनका शहीदको सम्झनामा आयोजित कार्यक्रममा बोल्दै उनले आफ्नो नाममा फैलाइएका अफवाहको खण्डन गर्दै गलत राजनीतिक प्रवृत्तिको आलोचना गरे।
गुरुङले भने, “सुदन एजेन्ट हो रे! कहिले भारती बनाइरहेको छ, कहिले भुटानी बनाइरहेको छ। म त तपाईँहरूजस्तै एउटा नागरिक हुँ।”
उनले राजनीति बुझ्न सुरु गरेको बताउँदै भने, “पहिले राजनीति बुझ्थिनँ, तर अब बुझ्दैछु। संविधान पनि पढ्दैछु।”
संविधानको आधारमा अघि बढ्ने प्रतिबद्धता जनाउँदै उनले जेनजी आन्दोलनलाई विभाजित गर्ने प्रयास सफल हुन नदिने बताए। “हामी संविधान र कानुनको दायरामा रहेर गलत गर्नेहरूलाई जवाफ दिनेछौँ,” उनले जोड दिए।
विधि र कानुनअनुसार सुधार गर्न समय लाग्ने भन्दै गुरुङले सबैलाई धैर्य राख्न आग्रह गरे। “८० वर्षसम्म बिगारेको छ, धेरै भद्रगोल बनाइएको छ, भित्र खोक्रो छ। यो कुरा तपाईंहरूले सिंहदरबार बाहिरबाट बुझ्न जरुरी छ,” उनले भने।
गुरुङले अन्त्यमा एकता र संयमका साथ अघि बढ्न सबैलाई आह्वान गरे — “समय लाग्छ, तर हामी सबै मिलेर अघि बढौँ।”


दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्