|
२०८२ पुष ७
काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो मात्रामा लागूऔषधसहित दुई भारतीय नागरिक पक्राउ परेका छन्। नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोका अनुसार, ३३ वर्षीय रञ्जित सिंह बैंककबाट त्रिभुवन विमानस्थल आइपुगेको समयमा थाई एयरलाइन्सको उडानबाट पक्राउ परेका हुन्।
उनको लगेज जाँच गर्ने क्रममा करिब ४ किलो २८४ ग्राम गाँजा फेला परेको थियो। थप अनुसन्धानका लागि प्रहरीले रञ्जितसँगै अर्को भारतीय नागरिक पुनित शर्मालाई पनि अन्तर्राष्ट्रिय आगमन पार्किङ क्षेत्रमा पक्राउ गरेको छ।
उनीहरूलाई आवश्यक अनुसन्धान र कानुनी कारबाहीका लागि लागूऔषध नियन्त्रण ब्युरोमा पठाइएको छ। प्रहरीले यस घटनापछि विमानस्थलमा सुरक्षा चेक अझ कडा बनाएको जनाएको छ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्