|
२०८२ कार्तिक १
काठमाडौं — अस्ट्रेलिया पठाइदिने भन्दै झुक्याएर भारतीय नागरिकलाई काठमाडौंमा बन्धक बनाई २० लाख भारु फिरौती मागेको आरोपमा भारतका दुई नागरिक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा परमप्रीत सिंह (२४) र लवप्रीत सिंह (२८) रहेका छन्। उनीहरूले भारतका अङ्कित कुमार (२६)लाई सुन्धारास्थित होटल न्यु जोमसोममा बन्धक बनाएका थिए।
प्रहरीले उनीहरूलाई अपहरण तथा शरीर बन्धक कसुरमा सात दिनको म्याद लिएर अनुसन्धान अघि बढाएको छ।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्